विराटनगर- विराटनगरको दरैया बस्तीस्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरि भारततर्फ लाँदै गरेको सुँगुरका पाठा बरामद गरेको छ । दिउँसो एक बजेको समयमा सशस्त्र प्रहरी निरीक्षयक पन्तको कमाण्डमा खटिएको टोलीले ४८ हजार मुल्य बराबरको ६० वटा सुँगुर पाठा बरामद गरेको हो ।

प्रहरीलाई देखपछि सुँगुर पाठा छोडेर तस्करी गर्ने व्यक्ति भागेका थिए भने सो सामान प्रहरीले बरामद गरि आवश्यक कारबाहीको लागि आन्तरिक भन्सार कार्यलय बुझाइएको प्रहरीले जनाएको छ ।