मोरङको पथरी बजारमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारका विभिन्न घर र पसलमा चोरी भएको घटनामा संलग्नहरु पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ का १९ वर्षीय निमा तामाङ र १९ वर्षीय सन्तोष सुब्बा रहेका छन् । 

उनीहरुलाई तीनवटा मोबाइल, ट्याब्लेट र चाँदीको सिक्रीसहित पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए । पक्राउ परेकाहरुविरुद्ध चोरी मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।