मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । मोरङको विराटनगरबाट २ जना र सुन्दरहरैँचाबाट १ जना गरी तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१६ हुलास चौकस्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका-४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने 

हिजो बेलुका ६ बजे बिराटनगर महानगरपालिका-१७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप-महानगरपालिका-१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ बर्षिय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।