झापाको दमक नगरपालिकाबाट प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे दमक–५ स्थित दिपेश भट्टराईको खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगदसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा इलाम चुलाचुली गाँउपालिका–५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ वर्षीय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ वर्षीय लक्ष्मी ढकाल, दमक–५ की ३४ वर्षीया कमला राई, दमक–५ की ४० वर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ वर्षीय राजकुमार खड्का रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेकै अवस्थामा नगद रु. ४० हजार र ३ बुङ ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिहेको छ ।















