विराटनगर- मोरङमा घाँस झार्ने क्रममा रूखबाट लडेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ वर्षीया डम्बरकुमारी दाहाल रहेकी छन् ।

आइतबार दिँउसो साढे २ बजे रतुवामाई–१० स्थितमा घाँस झार्ने क्रममा उनी रूखबाट लडेकी थिइन् ।  रूखबाट लडेर घाइते भएकी दाहाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पु¥याइएको थियो । 

उनको उपचारको क्रममा हिजो अपराह्न साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।