झापा- झापा मेचीनगर नगरपालिकामा बिग्रेर साइडमा रोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मेचीनगर– १२ मा सोमबार राति भएको दुर्घटनामा बुद्धशान्ति गाँउपालिका–२ का ३५ वर्षीय भीमप्रसाद पौडेलको मृत्यु भएको हो । 

हिजो राति पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकिराखेको को१त ४०१६ नम्बरको ट्याक्टरको पछाडिपट्टि मे९प ६००३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।