झापा- झापामा मोटरसाइकल चोरीमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१ का २१ वर्षीय आशिष सुब्बा, सूर्योदय–८ का २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका २६ वर्षीय रञ्जित राजवंशी रहेका छन् ।

झापा जिल्लामा मोटरसाइकल चोरीको घटना वृद्धि भएपछि सक्रियता बढाएको इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफजेड मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।