झापा- झापा मेचीनगर नगरपालिकाबाट अफिमसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर–६ स्थित मेचीपुलबाट भारत फ्रोजपुरका २५ वर्षीय केयर सिंह र भारत मौगाका २५ वर्षीय सुखजित सिंहलाई प्रहरीले पक्राउ गरेको हो । 

सोमबार अपराह्न ४ बजे भारतबाट नेपाल आउँदै गरेको उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँचका क्रममा ११ ग्राम अफिम फेला परेपछि उनीहलाई पक्राउ गरिएसको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।