विराटनगर- नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुई मतले पराजित भएपछि गुरुराज घिमिरेले पुन: मत गणना गर्न माग गरेका छन्। पार्टीको आन्तरिक चुनावमा सभापति पदमा दुई मतले पराजित भएपछि उनले पुनः मतगणना गर्न माग गरेका हुन्।

कांग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले घिमिरेले पुनः गणनाका लागि आवेदन दिएको बताएका छन्। उनले निवेदनलाई केन्द्रीय निर्वाचन समितिमा पठाइने बताए। केन्द्रीय निर्वाचन समितिले दिएको निर्देशन अनुसार नै अगाडि बढ्ने उनले बताएका छन्।

घिमिरेलाई पराजित गर्दै प्रदेश १ मा उद्धव थापा विजयी भएका छन्। थापाले ८ सय ४४ मतले विजयी हुँदा घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन्।