विराटनगर–  प्रदेश १ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गुरुराज घिमिरे भने २ मतले पराजित भएका छन् । थापा यसअघि झापा जिल्लाका सभापति थिए । 

घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला समूहको समर्थनमा सभापतिको उम्मेदवार बनेका हुन् । प्रदेश १ मा कुल १ हजार सात सय ५२ मत खसेको थियो, जसमध्ये थापाले ८४४ मत र घिमिरेले ८४२ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । महामन्त्रीमा भने संस्थापन इतरका उमेश थापा र भुपेन्द्र राई विजयी भएका छन् । सहमहामन्त्री (महिला) मा प्रमिला गच्छदार तथा खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका छन् ।