विराटनगर-अर्थमन्त्री जनार्दन शर्माले नेपाली लुब्रिकेन्ट उद्योगहरुलाई आत्मनिर्भर बनाउने तर्फ आफु र अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन । उनले शुक्रबार हात्तिमुढामा रहेको फुजिमा आयल कम्पनी प्रालिको उद्योग भ्रमण गरि नेपाली लुब्रिकेन्ट उद्योगहरुको अवस्था र उत्पादन क्षमताको बारेमा जानकारी लिएका थिए । 

अर्थ सचिव मधुकुमार मरासिनी, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो लगायतले उद्योगको भ्रमण गरेका थिए । उद्योगका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नेपाली उद्योगहरुले पूणर् क्षमतामा संचालन हुन पाए र विदेशबाट आउने लुब्रिकेन्टमा सरकारले अतिरिक्त शुल्क लगाउने हो भने नेपाल लुब्रिकेन्टमा आत्मनिर्भर हुने जानकारी गराए । 

कोइरालाले २७ बर्षदेखी आफ्नो कम्पनीले ७० प्रकारका इन्जिन आयल उत्पादन गर्दै आएको जानकारी गराउदै भारत र अन्य मलुकबाट आउने लुब्रिकेन्टले ६५ प्रतिशत नेपालको बजार ओगटेको र नेपाली उद्योगहरु ३५ प्रतिशत उत्पादनमा खुम्चनु परेको अर्थमन्त्री शर्मालाई जानकारी गराए । 

d489b12a-1911-44e3-9a59-a5e3c3249303

उनले नेपालमा २० अर्बको इन्जिन आयल र ग्रिज खपत हुने तर नेपाली उत्पादनले ७ अर्बको मात्र बजार ओगटेको बाकी १३ अर्बको बजार विदेशी कम्पनीले ओगटेको जानकारी गराए । विदेशी गाडीहरु नेपाल भित्रदा उनीहरुले नै लुब्रिकेन्ट पनि भित्र्याउने र आफ्नो कम्पनीको लुब्रिकेन्ट प्रयोग गरेमा मात्र इन्जिनको ग्यारेन्टी दिने बताएर उपभोक्तालाई डर देखाएर आफ्नो लुब्रिकेन्ट विक्री गर्ने गरेको तर नेपाली कम्पनीहरुले अहिले आफ्नो उत्पादन प्रयोग गर्दा इन्जिनहरुमा कुनै खराबी आएमा सत प्रतिशत विमा मार्फत क्षतिपूर्ति दिने ब्यवस्था गरेको कोइरालाले मन्त्रीलाई जानकारी गराए । 

2938dade-273f-4146-a8fa-6f42ca3a62d7

फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(उचयमगअत ष्बिदष्ष्तिथ ष्लकगचबलअभ० गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको उनले मन्त्री शर्मालाई जानकारी गराए । फुजीमा आयल कम्पनीले बार्षिक रुपमा ३५०० किलो लिटर ल्यूब आयल उत्पादन गरि बजारमा पठाउदै आएको छ । 

4487add3-7a4a-48ee-a812-beb7643eb489

नेपालमा लुब्रिकेन्ट उत्पादन गर्ने आठ ठुला कम्पनी छन । अन्य घरेलु स्तरमा समेत स-साना कम्पनीहरु रहेको छन । नेपालका उद्योगहरुको उत्पादनले नेपाली बजारको ३५ प्रतिशत मात्र हिस्सा ओगटेको छ बाँकी ६५ प्रतिशत हिस्सा भारत लगायतका कम्पनीहरुको उत्पादनले ओगटेको छ । भारत लगायतका मुलुकबाट आउने सवारी साधनले उतैको विदेशी कम्पनीको मात्रै इन्जिन आयल प्रयोग गर्न सुझाव दिने भएकाले नेपालका उत्पादनहरुको बजार खुम्चिरहेको छ । नेपालमा बार्षिक २० अर्बको इन्जिन आयल र ग्रिज खबत हुने गरेको छ । जसमा १३ अर्बको इन्जिन आयल विदेशी कम्पनीहरुको आयात हुदै आएको छ । 

1910f90d-c58d-45c4-9ef1-484950eb44e4

प्रवन्ध निर्देशक कोइरालाले व्यापार घाटा कम गर्न पनि सरकारले नेपाली उत्पादनको गुणस्तरियताको मापन गरि विदेशबाट आयात हुने सवारी साधनमा नेपालकै गुणस्तरिय उत्पादन प्रयोग गर्नु पर्ने अनिवार्यता लागु गर्न मन्त्री शर्माको ध्यानाकृष्ठ गराए । नेपालको उत्पादनले कुनै क्षति गरेमा त्यसको पूर्ति गरिने कानूनी बाटो खुलेपछि अब विदेशी कम्पनीको उत्पादन प्रयोग गरिरहनुको उपदेयता नरहेको समेत उनले मन्त्रीलाई प्रष्ट्याए ।