विराटनगर - नेकपा माओवादी केन्द्र विराटनगर महानगरसमितिको प्रथम अधिवेशनबाट अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानू भट्टराई, सचिवमा नमिता न्यौपाने र सहसचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो. प्रवेज आजम निर्वाचित भएका छन् ।

अधिवेशनबाट ९९ सदस्यीय नगर समिति निर्माण भएको छ । उक्त समितिले पदाधिकारी चयन गरेको हो । माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो ।