नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनमा मोरङका दुई पालिकाका मेयर पराजित भएका छन् । सचिवमा लडेका रतुवामाई नगरपालिकाका मेयर रविन राई र सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल पराजित भएका हुन् ।
सचिवमा संस्थापन पक्षबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे । संस्थापनइतर पक्षबाट उठेका रतुवामाई नगरपालिकाका मेयर राईले चार सय ५५ मत प्राप्त गरे ।
जिल्ला सचिवमा संस्थापनइतर पक्षबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भए । घिमिरेले एक हजार दुई सय ३५ मत प्राप्त गरे । श्रेष्ठले एक हजार पाँच सय ६९ मत प्राप्त गरे ।
जिल्लाको उपसभापतिमा संस्थापन इतरपक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले एक हजार नौ सय ४० मत पाएका थिए । थारूले एक हजार तीन सय ४३ मत प्राप्त गरे ।
उपसभापतिका उम्मेद्वार गोपालबहादुर थापाले एक हजार एक सय ९५, राजु मास्केले पाँच सय ३९ र सुबोधकुमार सिंहले आठ सय ६५ मत प्राप्त गरे । सहसचिवमा भुवनेश्र मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।















