विराटनगर-नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी बिजयी भएका छन । उनी कोइराला निकट प्यानलका उम्मेदवार हुन । नेपाली काग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट सुनसरी सभापतिमा भण्डारी निर्वाचित भएका हुन । 


आईतबार इनरुवाको जेल फल्डिमा सम्पन्न मतदानमा कुल २ हजार ७ सय ७४ मत खसेको मध्ये भण्डारीले १४२२ मत पाएका हुन । उनका प्रतिद्वन्दी संजयप्रसाद श्रेष्ठले १ हजार ३ सय ९ मत प्राप्त गरे । 


उपसभापति पदमा नगेश चन्द्र राईले १ हजार ३ सय ३५ मत र पंकज कुमार महतोले १ हजार ३ सय १३ मत प्राप्त गरि बिजयी बनेका छन । उनीहरुका प्रतद्वन्दी गफार अन्सारी मियाले १ हजार २ सय ९७ मत र महेश दत्तले १ हजार १ सय ६६ मत ल्याई पराजति भएका छन । 


सचवि पदमा बिरेन्द्र कुमार शाहले १ हजार ४ सय ६७ मत तथा माधव बहादुर घिसिङले १ हजार २ सय २९ मत प्राप्त गरि विजयी भएका छन । सचिव पदका उम्मेदवार रन्जेश भट्टराईले १ हजार २ सय २८ र प्रमोद पोखरेलले १ हजार ९२ मत प्राप्त गरेका हुन । 


सहसचवि पदमा गणेश सुब्बाले १ हजार ३ सय ५ मत र मनिष कुमार रायले १ हजार १ सय ७७ मत प्राप्त गगरि विजयी भएका छन । अपांग केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहताले १ हजार ३ सय ६४ र अपांग प्रदेश महाधिबेशन प्रतिनिधिमा देवेन्द्र पौडेलले १ हजार १ सय ६३ मत प्राप्त गरि बिजयी बनेका छन ।