विराटनगर-प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवमा उम्मेदवारी दिने भएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका राईले आसन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आफू सचिवको दाबेदार रहेको बताएका हुन् ।

आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने बताउँदै उनले पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रसमेत रहेका राई भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी २०७४ माघ २ गते प्रदेश १ को मुख्यमन्त्रीमा निर्वाचित भएका थिए ।