विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ । ४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०–१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैचा र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, हल्दिबारी, कनकाई , बाहृदशी र मेचीनगरमा १–१, सुनसरीको धरानमा ४, बर्जु, भोक्राहानरसिंह, रामधुनी, गढी, इटहरी र दुहवीमा १–१, भोजपुरको ट्याम्केमैयुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।