विराटनगर- मोरङको बूढीगङ्गा गाउँपालिकास्थित बागमती मोडलिङ इन्ड्रस्टीमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । बूढीगङ्गा-४ काम गर्ने मजदुर सोही स्थानका ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे हात खुट्टा धुन भनेर सोही फ्याक्ट्रीमा जडान भएको कलको मोटर  चलाउँदा अचानक करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा विराट मेडिकल कलेज गङ्गाचौकमा बेलुका साढे ५ बजे मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।