इटहरी- सुनसरीको देवानगन्ज गाउँपालिका-४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् । बुधबार दिउँसो देवानगन्ज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको चेकिङ टोलीले देवानगन्ज-५ का २५ वर्षीय सन्तोष कुमार मेहेतालाइ पक्राउ गरेको हो ।
सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने मेहतालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















