विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार मत विभाजन हुँदा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा ५० मत परेको छ । प्रस्तावको विपक्षमा २९ मत परेको हो ।

४१ सदस्यीय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग  मतदानका लागि ३९ सांसद थिए तर मत विभाजनमा एमालेका सबै सांसद उपस्थित भएनन् ।

पूर्वमुख्यमन्त्री शेरधन राई, पुर्व भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ लगायतका एमाले सांसदहरु मत विभाजनमा अनुपस्थित भएका छन् । विपक्षमै रहेको राप्रपाकी सांसद इन्दिरा राई पनि बैठकमा उपस्थित भइनन् ।