भद्रपुर, झापा । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनका लागि झापाबाट ४९ जना प्रतिनिधि छनोट भएका छन् ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा तीन निर्वाचन क्षेत्रमा सर्वसम्मत र दुई निर्वाचन क्षेत्रमा निर्वाचन विधिबाट प्रतिनिधि चयन गरिएको नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ ।

पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको क्षेत्र नं ५ बाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको थियो भने क्षेत्र नं १ र २ मा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएको नेकपा एमाले झापा जिल्ला कमिटी कार्यालयका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

क्षेत्र नं ३ र ४ मा भने सर्वसम्मत प्रतिनिधि चयन हुन नसकेपछि निर्वाचन भएको थियो । क्षेत्र नं ३ मा २७ गते र क्षेत्र नं ४ मा २८ गते निर्वाचन भएको थियो ।क्षेत्र नं ४ मा प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका छन् ।