विराटनगर -  मोरङ व्यापार संघको सधारणसभा फेरि सरेको छ । मंसिर १२ गते आयोजना गर्ने तय भई सूचना गरिसकेको भएपनि विशेष कारणले केही दिनका लागि ६५ औं साधारणसभा स्थगित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अथिति बनाएर ६५ औं साधारणसभा गर्ने तयारी गर्दै पुनः पाँच दिनलाई मिति सारिएको हो । यसअगाडि साउनमा आयोजना गर्ने भन्दै सूचना जारी गरिएको साधारणसभा भदौलाई सरेको थियो । चाडपर्वको कारण देखाउँदै स्थगीत साधारणसभा मंसिर १२ गते गर्ने निर्णय गरिएको थियो । 

तर, पार्टीको कामले अर्थमन्त्री आउन नभ्याउने भएका कारण पुनः १७ गतेलाई सारिएको संघका महासचिव अनिल साहले जानकारी दिए । संघले साधारणसभाको मिति परिवर्तन भएपनि कार्यक्रमहरुमा कुनै परिवर्तन नभएको जनाएको छ । 

अर्थमन्त्रीकै समय अनुसार हामीले पाँच दिन सारेका हौं, महासचिव साहले भने,–अबचाँहि पक्का साधारणसभा हुन्छ । साधारणसभाले निर्वाचन समिति बनाउने निर्णय गर्नेछ । साधारणसभा भएको एक महिना भित्रमा नयाँ निर्वाचन भईसक्नेछ ।'