उदयपुरमा बाँस काट्नेक्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका(८ खमारेका ४१ वर्षीय डम्बरबहादुर मर्स्याग्री मगर रहेका छन् ।

हिजो बिहान साढे ९ बजे घर नजिकै बाँस काट्ने क्रममा अचानक विद्युतको मेन लाइनको तारमा बाँसले छुन गई उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।