विराटनगर- भारतबाट अवैध रूपमा ल्याइएको तीन लाख बराबरको पटाका नष्ट गरेको छ । आइतबार मोरङ प्रहरीले अन्दाजी तीन लाख ३४ हजार आठ सय रुपैयाँ बराबरको पटका नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरूले विभिन्न मितिमा अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपालतर्फ भित्र्याउने क्रममा बरामद गरेको पटाका नष्ट गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानीय प्रतिनिधिको रोहवरमा जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउन्डभित्र उक्त पटाका नष्ट गरिएको हो ।















