विराटनगर- मोरङको विराटनगर महानगरपालिबाट अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–५ का २६ वर्षीय रविन ठाकुर रहेका छन् ।

आइतबार बेलुका ६ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई विराटनगर–१५ स्थित रानीको १ नम्बर ढाटबाट पक्राउ गरेको हो ।

बिनाबिलको ५६० ग्राम चाँदीका गरगहना सहित उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ठाकुरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।