विराटनगर महानगरपालिकामा २४ घण्टाभित्र दुई मोबाइल पसलमा चोरी भएको छ । विराटनगर–९ स्थित हिमालयन रोडमा रहेको मोबाइल पसलमा चोरी भएको २४ घण्टा नबित्दै अर्को मोबाइल पसलमा चोरी भएको हो ।

गए राति विराटनगर–७ शनिमन्दिर चोकअगाडिको कोमल मोबाइल टे«डसमा चोरी भएको प्रहरीले जनाएको छ । उक्त मोबाइल पसलबाट ५० भन्दा बढी सेट मोबाइल चोरी भएको सञ्चालक राजकुमार राईले बताए । शनिबार पसल बन्द गरेर घर गएका उनले आइतबार बिहान एक्कासि मोबाइल पसल चोरी भयो भनेर खबर पाएका थिए । 

सञ्चालक राईले अनुसार पसलमा राखिएको साढे ८ हजार रुपैयाँ चोरेले लगेको बताए । मोबाइल पसलसँगै नजिक रहेको किराना पसल चोरी गरेपछि कोमल मोबाइल ट्रेडर्समा रहेको मोबाइलहरू चोरी गरेको देखिएको छ । शिवु सरकारले सञ्चालन गरेको किराना पसलदेखि १५ हजार रुपैयाँ र अन्य किरानाका सामानहरू पनि चोरी भएको बताइएको छ । 

यसअघि पनि विराटनगर–९ हिमालय रोडस्थित सनराइज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको थियो । सटरको ताला फुटाएर शुक्रबार राति पसलमा चोरी भएको प्रहरीले जनाएको छ । पसलबाट झण्डै १ लाखभन्दा बढी मूल्यका डेढ दर्जन बढी स्मार्टफोनहरू चोरी भएका थियो । ग्राहकले बनाउन दिएका मोबाइलहरू पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताएका छन् ।