धरान-बेमौसमी बर्षातको कारण धरानमा पहिरोले घर पुरिदा दुई बालकको मृत्यु भएको छ । सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।
मंगलबार दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । प्रहरीले उद्धारको क्रममा ३ बजे दुईजनाको शब घरले पुरिएको अवस्थामा फेला पारेको थियो ।














