मोरङको विराटनगर महानगरपालिका १५ स्थित सायरा होटल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् ।जहदा गाउँपालिका ७ घर भएका २८ वर्षीय रमेश साह लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।

शनिबार दिउँसो ११ बजे सो होटलमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा उनको होटलबाट लागुऔषध डाइलेक्स डिसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पास्मो-प्रोक्सिभन २४ चक्की, स्पास-ट्रान्सकन प्लस ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो ।

लागुऔषध बरामद भएपश्चात उक्त होटलका सञ्चालक साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।