विराटनगर- प्रदेश १ सरकारको नेतृत्व गरेको नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री हिक्मतकुमार कार्कीले सरकारले संविधान अनुसार विश्वासको मत लिने बताएका छन् । शुक्रबार देखि शुरु भएको प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनमा उनले संविधानको परिपालनाबाट सरकार नचुक्ने दावी गरे ।

प्रदेशसभामा एमाले विभाजनको पत्र प्राप्त भएको ३० दिन भित्र विश्वासको मत लिने प्रकृया शुरु हुने उनँले बताए । कार्कीले भने सरकारले निर्धारित मितिमा विश्वासको मत लिन्छ ।’ संसदमा विश्वासको मत ल्याएर प्रमाणित गरेर देखाईदिने सांसद कार्कीको दावी छ । गठबन्धनको पक्षमा बहुमत छ भनेर कसैले दावा नगरे हुने उनले बताए ।  सवैतिर गठबन्धन कायम हुन्छ भनेर बिश्वस्थ नहुन उनले आग्रह गरे ।’ संसदमा विश्वासको मत प्राप्त हुने नसकेपनि एमालेलाई आपत्ती नभएको उनले बताए । एमाले रचनात्मक प्रतिपक्ष भएर बस्न राजी रहेको कार्कीको भनाई थियो ।विपक्षी दलका नेताहरुले भने सरकार असंवैधानिक रुपमा चल्न खोजेको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश सरकारलाई सहज तरिकाले निकास दिन आग्रह गरे ।

मुख्यमन्त्री भीमप्रसाद आचार्य राजनीतिक रुपमा परिपक्व नेता भएकाले सहज रुपमा निकास दिनेमा आशाबादी रहेको उनले बताए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारले आफ्नो आयु लम्व्याउँदै अल्मलाउन खोजेको बताए । सरकार असंवैधानिक रुपमा अघि बढेको उनको आरोप छ । आङ्बोले विश्वासको मत प्राप्त गरेर नेतृत्व लिए आफुहरुलाई आपत्ति नहुने बताए ।’नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले संसदमा सांसदको बसाईबाटै सरकारको हैसियतको छिनोफानो भएको बताए । एमालेमा जग्गा हस्तान्तरण गरेजस्तो गरेर पद हस्तान्तरण गरिएको भन्दै व्यङ्ग गरे। नेता राईले भने,‘ केन्द्रमा एमाले विभाजन भएको भदौ ९ गतेको भोलिपल्ट नाटकीय रुपमा माननिय शेरधन राईले पद हस्तान्तरण गरे ।’

संविधानको उल्लंघन गरि रित नपुर्याई संविधानको उल्लंघन गरि सरकार गठन गरिएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताए । जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले सरकारले बहुमत शिद्ध गर्न विशेष अधिवेशन नबोलाएर हिँउद नै नलागी हिउँदे अधिवेशन शुरु गरिएको बताए । सदनमा सत्तापक्ष अल्पमतमा परेर पनि बहुमतमाथि शासन चलाएको उनको भनाइ थियो।

यसैवीच प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशै मनाएर कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताब गरे । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने जानकारी दिए । विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ ।