विराटनगरस्थित कोसी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवनको शिलन्यास गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोसी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार शिलन्यास गरेका हुन् ।
३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँमा अन्टरग्राउण्डसहितको पाँच तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ ।
अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोक कुमार रामले जानकारी दिए । दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ ।
यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरि चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ ।
पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ रमण भूमिले ठेक्का पाएको हो । पहिलो चरणमा पाँच तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ । मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ ।
हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए ।
अस्पताल शिलान्यास स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आउँदो चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने दाबी गरे । देशभरीमा ७७ प्रशितभन्दा बढी जनसंख्याले खोप लगाइसकेको हुनाले चैतभित्रमा सबै नागरिकलाई सरकारले खोप दिइसक्ने उनको दाबी छ ।















