धनकुटा — धनकुटाको पाख्रिवासमा भोजपुरबाट धरानतर्फ जाँदै गरेको बसले किचेर सहचालकको मृत्यु भएको छ ।
गुडिरहेको बसको ढोकाबाट खसेपछि सोही बसले किचेर गम्भीर घाइते भएका भोजपुर नगरपालिका आम्चोक निवासी अन्दाजी वर्ष १८ का धन बहादुर पाठकको उपचार लागि जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















