विराटनगर — प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०–१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६–६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४–४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २–२, बराहक्षेत्र र दुहवीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।