झापा — गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ ।कार्यालयले असोज १ गतेदेखि १६ गतेसम्ममा २० वटा फर्महरू, पाँच वटा पेट्रोल पम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाई पसलहरुमा अनुगमन गरेको जनाएको छ ।

कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फर्महरूलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले कतिपय पसलहरूले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजुहरू नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको जानकारी दिनु भयो ।