विराटनगर- सरस्वती सामुदायीक सिकाई केन्द विराटनगरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अबिराम युवा क्लब र बिएफ ९१२ को सहयोग तथा वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल फोहोर ब्यवस्थापन परियोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको सरस्वती सामुदायीक सिकाई केन्द विराटनगर ६ का अध्यक्ष दामोदर पोखरेलले बताए ।

सामाजिक विकास मनत्रालय प्रदेश नं १ का उच्च महाशाखा प्रमुख फडिन्द्र खत्रीको प्रमुख आथित्यमा भएको कार्यक्रममा २७ जनाले रक्तदान गरेको पोखरेलले बताए ।