सुनसरीको दुहबीमा कल जोड्नेक्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का ५५ वर्षीय रुदन ऋषिदेव रहेका छन् । 

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार आइतबार आफ्नै घरमा रहेको कलमा मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । हिजो दिउँसो ३ बजे करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त हुनासाथ इप्रका दुहबीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।