उदयपुर— उदयपुरमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बेलका नगरपालिका-३ त्रिवेणी चोकस्थित भित्री सडकखण्डमा  स्कुटरको ठक्करबाट सोही स्थानका ७० वर्षीय हिरण्यबहादुर बस्नेतको मृत्यु भएको हो ।

हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिणतर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटरले बस्नेतलाइ ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते भएका पैदल यात्री बस्नेतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो ।

स्कुटी र चालक सोही स्थानका २६ वर्षीय एकराज बिक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइहेको छ ।