काठमाडौं— सोमबार बिहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएकाे छ । 

उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित अवतरण भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए । 

जहाजको प्राविधिक टोलीले पाइलटसँग आकाशमै समन्वय गरेकाले कुनै पनि मानवीय क्षति हुने अवस्था नआएको शेर्पाले जानकारी दिए । बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले भने जहाजमा समान्य समस्या आए पनि केहीसमय पछि सबै समस्या समधान भएको बताए ।