विराटनगर - नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम नै मतपत्रमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबारका लागि सारिएको छ ।

मतदान अधिकृत डिल्ली दाहालले भने मतदाताले लगाएको आरोपको खण्डन गरेकाछन । मनोनयनपत्र र रजिष्टरमा उल्लेख गरिएको नामका आधारमा ब्यालेट बनेको छ, मतदान अधिकृत दाहालले भने–मनोनयन नै नगरेका व्यक्तिहरुले आफू पनि उमेद्वार भएको दावी गरेर निर्वाचन रोक्नु परेको हो ।विराटनगर–६ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा बुधबार बिहान ८ः३० बजेदेखि मतदानको समय तोकिएको थियो ।

त्यसैका आधारमा सूचना प्रकाशित भएपछि काँग्रेसका क्रियाशिल सदस्यहरु मतदानस्थलमा पुगेका थिए । तर, मतदान अधिकृतसहितको टोलि भने दिउँसो साडे २ बजे मात्रै मतदानस्थलमा आईपुगेको काँग्रेसका क्रियासिल सदस्य गेपाल पोखरेलले जानकारी दिए  । झण्डै २० वटा मत खसिसकेपछि उमदेवारको नाम समावेश नगरेको पाइएपछि विवाद सुरु भएको थियो ।विवादपछि आक्रोशित भिडले मतदान अधिकृतमाथि आक्रमणको प्रयास गरेका थिए । उनलाई कोठामा थुनेर प्रहरीले बाहिरी घेराबाट सुरक्षा दिएर  निकालेको थियो ।

यसैगरी मतदान अधिकृत भएको कक्षमा समेत प्रहरी खटाइएको थियो ।मनोनयन गरिएकामध्ये १० जना भन्दा बढी उमेद्वारको नाम बिनाकै ब्यालेट बनाएको आरोप मतदान अधिकृतलाई लागेको छ । कसैको तीन ठाउँमा नाम छ, कसैको छैन, पोखरेलले भने–मतदान अधिकृत भएपछि लापर्वाही गर्न मिल्दैन ।

मतदानको सम्पुर्ण प्रक्रिया पुर्याएर मात्रै मतदान शुरु गर्नुपर्ने भए पनि तेस्तो नगरीएको पोखरेलले बताए ।मतदाताले मतदान अधिकृत समेत फेर्नु पर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।