सुनसरी— सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीया ममनीदेवी खत्वे रहेकी छन् ।

सोमबार दिउँसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरीरको विभिन्न भागमा कुल्चिएको थियो । हात्तीको आक्रमणबाट घाइते खत्वेलाई स्थानीयले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार सो घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।