विराटनगर - मोरङ शैक्षिक बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो २१ औं बार्षिक साधारण सभा आईतबार सम्पन्न गरेको छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी ४९ लाख ८८ हजार ६ सय रहेको  छ भने सहकारीको निक्षेप २ करोड ८० लाख ५० हजार १६१ रुपैया १५ पैसा रहेको छ ।

सहकारीले ३ करोड १३ लाख ४२ हजार २९८ रुपैया ५६ पैसा ऋण लगानी गरेको छ । सहकारीमा ४१५ शेयर सदस्य रहेका छन् । जसमा १४२ जना महिला र २७३ जना पुरुष रहेका छन् । सहकारीको जगेडा कोषमा २० लाख ३१ हजार ७८१  रुपैया ०१ पैसा रहेको छ । आर्थिक बर्ष २०७८/७९ मा जगेडा कोषमा २३ लाख पुर्याउने लक्ष्य सहकारीले लिएको छ । सहकारीको साधारण सभामा उत्कृष्ट बचतकर्ता सन्जिला ढकाल न्यौपाने र उत्कृष्ट ऋणी कवितादेवी देउडालाई सम्मान गरिएको छ ।

त्यसैगरी शेयर सदस्यका छोराछोरी मध्ये २०७७ सालको एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने दुई जनालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा छात्रतर्फ सास्वत खनाल र छात्रातर्फ प्रशुन श्रेष्ठ रहेकाछन । उनीहरुलाई प्रमाणपत्र सहित नदग २ हजार ५ सय प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष मेघराज श्रेष्ठको  अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष श्रेष्ठद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिलबहादुर बस्नेतद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पास गरेको छ । 

सहकारीले शेयर सदस्यको आमाबुवाको मृत्यु हुँदा ५ हजार सहयोग गर्ने उदेश्यले मृत्यु राहत कोष पनि स्थापना गरेको छ । सहकारीले शेयर सदस्यहरुको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।