काठमाडौँ — नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए । काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वाभाविक भएको बताए ।

पूर्व सांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्न सक्ने उल्लेख गरे । पूर्व सांसद बीना पौडेलले काँग्रेस सङ्खुवासभाको सभापतिका अरू आकाङ्क्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।