विराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिएका छन् । उनले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने कामना समेत गरे ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ध्येय संविधानको रहेको प्रदेश प्रमुख अधिकारीले आईतबार जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिबद्ध रही जनतालाई सुशासनको अनुभूति दिलाउँदै असल र जनउपयोगी संस्कार दिन सकौँ भन्ने भावनाका साथ समृद्ध राष्ट्र निर्माणमा जुटि रहने आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा प्रदेश प्रमुख अधिकारीले शुभकामना दिएका छन् ।