भोजपुर — भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचौक गाउँपालिका–१ खाम्ताङकी १४ वर्षीया तारा परियार रहेकी छन् । 

बिहीबार मध्याह्न १२ बजे आमचौक १ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएको विषयमा स्थानयीबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालय घोडेटरबाट खटिएको प्रहरीले खोजीकार्य थालेको थियो । 

सो टोलीले अपराह्न सवा ४ बजे उनलाई मृतावस्थामा फेला पारेको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।