विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् ।

विराटनगरमा बिहीबार साँझ सार्वजनिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी शिव अधिकारीले २४ मात्र प्राप्त गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो । प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधी उपस्थित भएका थिएन् । निर्वाचनमा जम्मा ५५ मत खसेको थियो ।

समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सह–सचिब हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् । यसैगरि सदस्यहरूमा यादव प्रधान, चिरन्जिवी तिमल्सिना, देवीलाल महतो, सिमा अग्रवाल, दिनेश ढुंङगना रहेका छन् ।