विराटनगर  - उद्योगी व्यवसायीहरुको संस्था मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा विराटनगरका ब्यवसायी यादव पोखरेल सर्वसम्मत  भएका छन ।

मोरङ चेम्बर अफ कमर्शको विराटनगरमा भएको चौथो बार्षिक साधारणसभा र दोस्रो अधिवेशनबाट पोखरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष पोखरेलले यसअघि उपाध्यक्षको जिम्मेबारी बहन गरेकाथिए । यादवसंगै उपाध्यक्षमा सुरेन्द्र गोल्छा र शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्षमा मनोजकुमार मिश्र, सचिवमा हरिबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन ।

नवनिर्वाचित १५ कार्यसमिति सदस्यहरुमा रमेश गिरि, संजिव श्रेष्ठ, जुगलकिशोर राठी, भरत थापा, तुलसीप्रसाद पोखरेल, घनश्याम काबरा, दुर्गामणि रेग्मी र सागरराज जोशी रहेकाछन ।