मोरङको बूढीगङ्गा गाउँपालिकामा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजे भएको दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बेलबारीबाट विराटनगर आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो ।

आफैँ अनियन्त्रित भएको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा चन्द्रकलासहित चार जना घाइते भएका थिए । घाइते सबैलाई बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जसमध्ये चन्द्रकलाको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते सामान्य भएका छन् ।