विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यू भएको छ ।  ४ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । 

झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०-२०, अर्जुनधारा र भद्रपुरमा १७-१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २-२, बाहृदशीमा १, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३-३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २-२, बुढीगंगा र धनपालथानमा १-१ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । 

सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, बराहक्षेत्र र रामधुनीमा २-२, हरिनगरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १-१, इलामको इलाम नगरपालिकामा ३ र सुर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेहृथुमको म्याङलुङ र उदयपुरको स्थानीय तह नखुलेका १-१ र  प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार ४ सय १० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ९८ महिला र २ सय १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।