झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ बुद्धचोकका ३० वर्षीय मणिकुमार चौधरी रहेका छन् ।

उनलाई प्रहरीले अर्जुनधारा–९ खरवन्दीबाट पक्राउ गरेको हो । आइतबार दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।