पाँचथर — पाँचथरमा ट्याक्टरले किचेर सहचालकको भएको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका २ लक्ष्मीचौकमा ट्याक्टरले सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ वर्षीय अभिषेक आङदम्वे रहेका छन् । 

आइतबार दिउँसो सवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै प्रदेश नम्बर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्याक्टरका सहचालक रहेका अभिषेक ओर्लँदा पछाडीको चक्काले किचेर गम्भीर घाइते भएका थिए । 

उनको उपचारको लागि आधारभूत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आईतहाङ आङदेम्वे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेका छन् । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।