विराटनगर-भाटभटेनी सुपरमार्केट प्रालिले इटहरीको लभिपुरमा १ विगा १५ कठ्ठा क्षेत्रफलमा जमिन तीन अर्बको लगानीमा १९ औं सुपरस्टोर संचालनमा ल्याएको छ । शनिबार सुरपस्टोरका संचालक मीनबहादुर गुरुङले उद्घाटन गरेपछि सर्बसाधरणका लागि सुपरस्टोर खुला गरिएको छ । शुभारम्भको अवसरमा लिकर्स र टोबेको बाहेकमा १० देखी २० प्रतिशत सम्म छुट दिइएको छ । 

प्रदेश नम्बर १ मा धरान, विराटनगर पछिको यो तेश्रो स्टोर हो । उद्घाटनमा सहभागि हुन प्रदेश १ का विभिन्न तहका १ लाख उपभोक्तालाई आमन्त्रण गरिएको थियो । भाटभटेनीको यो क्षेत्रफलका हिसाबले अहिले सम्मकै ठुलो स्टोर हो । इटहरीचोकबाट ४ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमै टासिएको यो स्टोरका तीन वटा ब्लक छन । सबै ब्लक गरि ३ लाख क्वायर फिटको क्षेत्रफल छ ।  

खोटाङ जिल्लामा जन्मिएका गुरुङले आफू जन्मीएको ठाउँमा सबैभन्दा ठुलो स्टोर प्रदेश नम्बर १ को ब्यापारिक केन्द्रमा खोल्न पाएकोमा प्रसन्नताको ब्यक्त गरे । इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो । यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइने लक्षका साथ निर्माण सुरु गरिएको सुपरस्टोरको काम कोभिड-१९ को विश्वव्यापी महामारीका कारण ढिलो भएर लक्ष भन्दा छ महिना ढिलामात्र शुभारम्भ गरिएको हो । 

सुपरि स्टोरका तीन ब्लकमा बेसमेन्टसहित ७ तला छन् । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी पार्किङ क्षमता छ। मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ।

‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान राखिएको छ । ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन् । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ । त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएमहरु राखिएको छ ।

गुरुङले काठमाडौंको टोखा र सानागाउँसहित हेटौंडा, धनगढी र वीरगञ्जमा भाटभटेनीका भवनहरू निर्माणाधीन रहेको जानकारी दिए ।