विराटनगर — यसअघि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुनः सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को परीक्षा भदाै ३० देखि असाेज ८ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि साउन ३१ गतेबाट भाैतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने तय गरिएकाे थियो । तर काेराेनाकाे संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुराेधमा परीक्षा स्थगित गरिएकाे थियाे ।